दोस्रो दिन पनि घट्यो शेयर बजार, १० अंकले परिसूचक घट्दा फाइनान्स र विकास बैंक समूह चम्किए  

दोस्रो दिन पनि घट्यो शेयर बजार, १० अंकले परिसूचक घट्दा फाइनान्स र विकास बैंक समूह चम्किए  

   'बैंकिङ्ग समूहमा ० दशमलव ५५ प्रतिशतको गिरावट'


काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । आइतबार १० दशमलव ४१ अकंले घटेको शेयर बजार मापक परिसूचक  नेपाल स्टक एक्सचेन्ज (नेप्से)   र सोमबार पनि १० दशमलव ५४ अंकले घटेको छ। 

परिसूचक आइतबारकै हाराहारीमा घटेपनि कारोबार रकम भने खुम्चिएको छ । ९ अर्ब १२ करोड  रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ८ अर्ब ९२ लाखको शेयर कारोबार भएको हो । आज १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ । सोमबार १ सय ५ कम्पनीले नाफा कमाउदा १२९ कम्पनी घाटामा गएका छन् । 

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा सिन्धु विकास बैंक लिमिटेड रहेको छ । बैंकको आज २९ करोड ८३ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सप्तकोशी विकास बैंकको २८ करोड ४१ लाख ४८ हजार रुपैयाँ, एनआएन इन्फ्रास्टक्चर बैंकको २६ करोड ८९ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत कमाएका छन् ।

 सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

फाइनान्स ३.४६, विकास बैंक ०.७२, हाइड्रोपावर ०.३५, उत्पादन ०.६७, माइक्रोफाइनान्स ०.०४ प्रतिशत बढे । व्यापार १.८३, अन्य १.६६, निर्जीवन बीमा ०.६७, जीवन बीमा १.१०, लगानी ०.७७, होटल तथा पर्यटन ०.५१ तथा बैंकिङ्ग ०.५५ प्रतिशत घटेका छन् ।