काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका विभिन्न तीन जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार ३ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता शेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।
यदि ३५ दिनभित्र संस्थापक शेयरधनीहरूले उक्त शेयर खरिद गर्न आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया