एकैदिन ७ अर्बले घट्यो बैंकिङ्ग निक्षेप

एकैदिन ७ अर्बले घट्यो बैंकिङ्ग निक्षेप


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको माघ १०  गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १६ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ९ अर्ब रुपैयाँले  घटेको छ । माघ ९ गते ५९ खर्ब ७२ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ १० गते ५९ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । माघ ९ गते ५४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ १०  गते ५४ खर्ब १२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

माघ ९ गते ४७ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ १० गते ४६ खर्ब ९९अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।