स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने


भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाख रूपयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा पाँच लाख रूपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम पाँच लाख रूपैयाँ पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।