रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी

रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी


काठमाडाैं – रवि लामछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस सकिएको छ ।

रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।

त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् । रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।