सुप्रिम सहकारी ठगी प्रकरण: रविका तर्फबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको बहस जारी 

सुप्रिम सहकारी ठगी प्रकरण: रविका तर्फबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको बहस जारी 


काठमाडौं –  पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ । गत बुधबारबाट जारी थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वकिलहरूको बहस जारी भइरहेको छ ।

जसअनुसार हाल रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ।थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूबीच जवाफी बहस हुनेछ । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।