काठमााडौं – अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको ज्ञापनपत्र (मेमो)अनुसार अमेरिकाको विदेश मन्त्रालयले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको हाे ।
यसबाट विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुनसक्ने छ । अमेरिकाले स्वास्थ्य क्षेत्रमा गरिब देशहरुलाई दिँदै आएको सहयोग पनि बन्द गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुनेछ।
प्रतिक्रिया