आईपीओ निश्कासन गर्दै म्युजिक नेपाल

आईपीओ निश्कासन गर्दै म्युजिक नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

३० वर्ष लामो नेपाली जनमानसको मनमा बस्न सफल म्पुजिक कम्पनी म्युजिक  नेपालले आईपीओ खोल्ने भएको छ । 

कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ ।

आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा भावी दिनमा यस कम्पनीसँग आबद्ध हुन सबै स्रष्टा, कलाकार र संगीतप्रेमीलाई नयाँ सम्भावनाको ढोका खुल्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

म्युजिक नेपाल प्रालि अब कम्पनीमा परिणत हुन लागेसँगै आईपीओ निष्कासनको तयारी भएको जनाइएको छ । म्युजिक नेपाल २०३९ साल साउन २४ गते स्थापना भएको थियो ।