इसेवा १७ औं वर्षमा प्रवेश

इसेवा १७ औं वर्षमा प्रवेश


काठमाडौं – डिजिटल मोबाइल वालेट इसेवा १७औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन सर्वजनिक गरेर २०१० जनवरी २५ देखि सुरु भएको इसेवा १७औं वर्ष प्रवेश गरेको हो ।

कम्पनीको ‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसहरुलाई सहज वित्तीय सेवाहरुको पहुँच पुर्याउदै आइरहेको छ । इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ ।

वालेटबाट इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण लगायतका काम गर्न मिल्छ । यस्तै, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरु दिदै आइरहेको छ ।

लाईनबाट अनलाइनसम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष ‘प्ले स्टोर’मा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसैगरि इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् ।

यसै क्रममा इसेवाले हालसालै फाइनान्स ३६० ल्याएको छ । यसको साथ ग्राहकहरुले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरु हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरु रहेको छ ।

यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनिकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।