काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाएका छन् । अर्थमन्त्रालयले प्राधिकरणको अध्यक्ष चुन्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थमन्त्रालयले जानकारी दिएको हो ।
प्राधिकरणको अध्यक्ष बन्नका लागि कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जिवि चापागाईँ, विष्णुबाबु मिश्रको आवेदन परेको छ । यस्तै, बुद्धकाजी श्रेष्ठ, दामोदर बस्याल, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, बिक्रान्त पाण्डे, रमण नेपाल र विनोद कार्जी श्रेष्ठको आवेदन परेको हो ।
प्राधिकरणका सुर्यप्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि अध्यक्ष पद खालि थियो । अर्थमन्त्रालयबाट मदन दाहाललाई अध्यक्षको भूमिकामा पठाइएपनि उनी कायममुकायममा आएका हुन् ।
अर्थमन्त्रालयले दाहाललाई भइपरि आउने गतिविधि जारी राख्ने लक्ष्यसहित पठाएपनि डा. अधिकारी नेतृत्वको सिफारिस समितिले काम गरिरहेको थियो । १५ दिनको समयसिमा तोकेर मागिएको आवेदनअनुसार १२ जनाले इच्छा देखाएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया