काठमाडाैं – यो साता शेयर बजारमा वृद्धि देखिएको छ । गत साता राताम्य भएर बन्द भएको बजार यस साता भने हरियाली छायाे । गत साताको बिहीबारको तुलनामा यो साताको बिहीबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६५ दशमलव ७३ अंकको वृद्धि देखिएको हो ।
गत साता २५ सय ८८ दशमलव ६२ अंकमा बन्द भएको बजार यो साता ५ दिन कारोबार भएको बजार २६ सय ५४ दशमलव ७३ को बिन्दुमा बन्द भएको हाे । गत साता २५ सय ८८.६२ अंकको बिन्दुमा कायम भएको बजार याे साता बजार २६ सय ५४ दशमलव ३५ काे बिन्दुमा बन्द भएकाे छ ।
याे साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा कायम भएको भएकाे थियाे । त्यस्तै, साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से ६ दशमलव ७८ बढेर २६०७ दशमलव ९९ बिन्दुमा बन्द भएको थियो । साेमबार बढेकाे बजार मंगलबार पनि ५.०८ अकंले बढेर २६१३.०८ बिन्दुमा कायम थियाे ।
बुधबार शेयर बजारमा हरियाली छायाे । बुधबार नेप्से ५२.३६ अकंले बढेर २६६५.४५ बिन्दुमा भएकाे थियाे । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा करेक्सन देखिएको थियो । बुधबार उच्च सुधार देखिएको बजार बिहीबार दोहोरो अकंले घटेको थियो । बिहीबार बजार ११ दशमलव १० अंकले घट्याे ।
कुन दिन कति भएकाे थियाे कारोबार ?
आइतबार – ६ अर्ब २५ करोड रुपैयाँ
सोमबार – ६ अर्ब ५७ करोड रुपैयाँ
मंगलबार– ६ अर्ब १९ करोड रुपैयाँ
बुधबार– ९ अर्ब २० करोड रुपैयाँ
बिहीबार– ७ अर्ब ८५ करोड रुपैयाँ
गत साताकाे तुलनामा याे साता परिसूचकसँगै काराेबार रकममा पनि उल्लेख्य सुधार देखिएकाे छ । याे साता समग्रमा ३६ अर्ब ६ कराेड बढीकाे काराेबार भएकाे छ । गत साता चार दिन काराेबार भएकाे बजारमा २२ अर्ब ३९ कराेड रूपैयाँकाे मात्र काराेबार भएकाे थियाे ।
प्रतिक्रिया