नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई  मेटा होलिडेजद्वारा हलेसी भ्रमण कार्यक्रम सम्पन्न 

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई  मेटा होलिडेजद्वारा हलेसी भ्रमण कार्यक्रम सम्पन्न 


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको योजनामा योग्य भएका अभिकर्तालाई मेटा होलिडेज प्राइभेट लिमिटेडको आयोजनामा हलेसी भ्रमणमा लगिएको छ । 

मेटा होलिडेज प्राइभेट कम्पनीको आयोजनामा सम्पन्न सो भ्रमणमा कम्पनीको तर्फबाट नेशनल सेल्स हेड उमापती पोख्रेल तथा एजेन्सी विभाग प्रमुख सुनिता पोख्रेलको उपस्थिति रहेको थियो ।

साथै, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीसहित १६० जनाको उपस्थिति रहेको थियो ।

सोे भ्रमण  कार्यक्रम  नेपालका साथै अन्तर्राष्ट्रियस्तरमा   महत्त्वपूर्ण र ठुला भ्रमण सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको मेटा होलिडेजको सञ्चालक सुमन राज ढुंगेलसहितको समूहले व्यवस्थापन गरेका थिए । सो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको नेपाल बिमक संघका महासचिव केसीले जानकारी दिए ।