काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको रिफर्मपछि कर्मचारीको काम गर्ने शैली राम्रो भएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले रिफर्मपछि कर्मचारीको काम गर्ने शैली राम्रो भएको बताएका हुन् ।
गभर्नर अधिकारीले बैंकको जम्मा क्यापिटल कम भएको भन्दै उनले क्यापिटल स्ट्रकचर गर्नेगरी अगाडी बढ्न अनुरोध गरे । उनले हाल बैंकप्रति अफवाह फैल्याउने काम भएको भन्दै संस्थामा समस्या देखिएमा समस्या समाधान गर्ने प्रत्याभूति राष्ट्र बैंकको रहेको बताए । उनले बैंक वित्तीय संस्थामा समस्या आउनु सामान्य रहेको भन्दै उनले निक्षेपकर्तालाइ डुब्न नदिने बताए ।
अधिकारीले संस्था रहेमात्रै कर्मचारी रहने भन्दै कर्मचारीको सन्तुष्ट रहनुपर्ने बताए । उनले व्यवस्थापन र कर्मचारीबिच भएको विवाद सल्लाह गरेर समाधान गर्नुपर्ने भन्दै उनले ब्रान्चका कर्मचारीलाई काउन्सिलिङ गर्नुपर्ने बताए । उनले बैंकहरुलाई कर्जा विस्तार गर्न आग्रह गरे ।
प्रतिक्रिया