काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकिङ्ग क्षेत्रको तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६० औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकिङ्ग क्षेत्रमा थुप्रिएको कर्जालाई उत्पादनमूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका हुन् ।
साथै, पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न सफल भएको बताए । उनले अर्थतन्त्र सुधारका लागि नै अध्यादेश जारी गरिएको पनि स्पष्ट पारे । अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक बैंकहरुको अग्रणी बन्नुपर्ने पनि बताए ।
उनले भने, ‘बैंकको प्रगति सञ्चालक समिति, व्यवस्थापनमा मात्रै भर पर्दैन बैंकका कर्मचारीमा पनि भर पर्छ ।’ उनले सबैको साझा उद्देश्य बैंकको प्रगति भएको भन्दै कर्मचारीले व्यक्तित्व विकासलाई अगाडि राखेर काम गर्नुपर्ने बताए ।
कर्मचारीको माग अर्थमन्त्रालय परिस्थितिको सामना गर्ने पक्षमा रहेको बताए । उनले कर्मचारीलाई कर्तव्य निर्वाहमा उत्कृष्ट भइदिन आग्रह गरे ।
प्रतिक्रिया