बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह बढ्यो, अन्य सूचक कस्ता ?

बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा गिरावट देखिदा कर्जा प्रवाह बढेको छ । केन्द्रीय बैंकको माघ ७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १४ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि २ अर्ब रूपैयाँले नै घटेको छ । माघ ६ गते ५९ खर्ब ७९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ ७ गते ५९ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा भने केही वृद्धि देखिएको छ । माघ ६ गते ५४ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ ७ गते ५४ खर्ब १० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

माघ ६ गते ४७ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ ७ गते ४६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ३० प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।