काठमाडौं – आर्थिक वर्ष २०८१/ ८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ८० अर्ब बढी कुल बीमाशुलक संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङकअनुसार यी कम्पनीहरुले १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमा पोलिसी बिक्री गरी ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी नेशनल लाइफले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ, एलआइसी नेपालले ९ अर्ब ४६ करोड रूपैयाँ, हिमालयन लाइफले ८ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
समिक्षा अवधिमा सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ,आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया