शेयर बजारमा हरियाली, ५२ अंकले परिसूचक बढ्दा ९ अर्ब २० करोडकाे काराेबार

शेयर बजारमा हरियाली, ५२ अंकले परिसूचक बढ्दा ९ अर्ब २० करोडकाे काराेबार

‘बैंकिङ्ग समूह १ दशमलव ३२ अंकले बढ्यो’


काठमाडाैं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा दोहोरो अंककाे वृद्धि देखिएको छ ।  आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५२ दशमलव ३६ अंकले बढ्दै २६ सय ६५ दशमलव ४५ को बिन्दुमा बजार बन्द भएको छ । 

आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । एचआइडिसीएलका लगानीकर्ताले ८ दशलमव ४८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् । आज बैंकिङ्ग समूहको १.३२ प्रतिशत, विकास बैंक समूहको २.७४ प्रतिशत, फाइनान्स समूहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।