काठमाडाैं – एनएमबि क्यापिटलले आगामी माघ २४ गतेदेखि आफ्नो सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ । यस फण्डको १२ करोड रूपैयाँ इकाई बिक्रीमा ल्याइनेछ जसको प्रत्येक इकाईको अंकित मूल्य १० रुपैयाँ रहनेछ। यस फण्डमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गरिने भएको हो।
‘एनएमबि हाइब्रिड फण्ड एल–२’ एक दस वर्षे बन्दमुखी योजना हो, जुन एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ। फण्डका १५ प्रतिशत इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखिनेछ भने बाँकी १० करोड २० लाख रूपैयाँ इकाई सर्वसाधारणलाई उपलब्ध गराइनेछ।
फण्डमा माघ २८ गतेसम्म आवेदन दिन सकिने छ । यदि उक्त समयसम्म सबै इकाई बिक्री नभएमा फागुन ८ गतेसम्म आवेदन समय थप गरिने छ। फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया