काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन २.७ प्रतिशतल बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७२ अर्ब ३२ करोड (२.३ प्रतिशत) ले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ । यस्तै, २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको थियो। २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो।
प्रतिक्रिया