काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र मन्जुश्री फाइनान्स बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । यस साझेदारीले दुवै संस्थाका ग्राहकहरूलाई फाइदा पुर्याउन विभिन्न सहकार्यपूर्ण व्यापारिक प्रयासहरू गर्ने लक्ष्य राखेको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र फाइनान्सका सीईओ तेज राज तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
साझेदारीले नयाँ व्यापार तथा अवसरहरूको खोजी, प्रक्रिया सुधार र अल्पसंख्यक जनसंख्यालाई सेवा प्रदान गर्न संयुक्त पहलहरू विकास गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा सीईओ रिमालले यो साझेदारीले बीमा सेवाहरूलाई पहुँचयोग्य र समावेशी बनाउने यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हुने बताएका छन् ।
यस्तै, फाइनान्सका सीईओ तिमिल्सिनाले इन्स्योरेन्ससँग उक्त सम्झौता गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । सम्झौतापत्रमा हस्ताक्षरपश्चात उनले व्यापार विस्ताका लागि हातेमालो गर्दै अघि बढ्न बताए ।
प्रतिक्रिया