५ अंकले परिसूचक बढेकाे शेयर बजारमा ६ अर्ब १९ करोडको कारोबार

५ अंकले परिसूचक बढेकाे शेयर बजारमा ६ अर्ब १९ करोडको कारोबार

'बैंकिङ्ग समूह ०.३५ प्रतिशतले घट्याे'


काठमाडाैं – साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ दशमलव ०८ अंकले बढ्दै बजार २६ सय १३ दशमलव ०८ काे बिन्दुमा बन्द भएकाे छ । आज दिनभर १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १०६ कम्पनीले नाफामा जाँदा १२९ कम्पनी घाटामा गएका छन् । आज मन्दाकिनी हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सप्तकोशी डेभलपेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशत, न्यादी हाइड्रो लिमिटेडका लगानीकर्ताले ७ दशमलव ५३ प्रतिशतले कमाएका छन् । सीएचडीसीका लगानीकर्ताले ६ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९६ प्रतिशतका दरले गुमाएका छन् ।

म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशत, बैंकिङ्ग समूहकाे ०.३५ प्रतिशत व्यापार समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ । यस्तै, आज विकास बैंक समूह ०.१९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७४ प्रतिशत, हाेटल एन्ड टुरिज्म समूह ०.७८ प्रतिशत, लाइफ इन्स्याेरेन्स १ दशमलव १० प्रतिशत, माइक्रोफाइनान्स ०.०३ प्रतिशतले बढेकाे छ ।