काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको माघ ५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि २ अर्ब रूपैयाँले नै घटेको छ । माघ ४ गते ५९ खर्ब ७९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ ५ गते ५९ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । माघ ४ गते ५४ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ ५ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा १ अर्बले घटेको छ ।
माघ ४ गते ४७ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ ५ गते ४६ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव २३ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया