बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'प्रतिताेला ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य'


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।