‘ग्लोबल रिइन्स्योरेन्स समिट’मा डेढ दर्जन नेपाली प्रतिनिधि, नेतृत्व गर्दै प्राधिकरणका उपनिर्देशक महजर्न

‘ग्लोबल रिइन्स्योरेन्स समिट’मा डेढ दर्जन नेपाली प्रतिनिधि, नेतृत्व गर्दै प्राधिकरणका उपनिर्देशक महजर्न


काठमाडौं – भारतको मुम्बईमा आजदेखि सुरु भएको ‘ग्लोबल रिइन्स्योरेन्स समिट, २०२५’मा नेपालको प्रतिनिधित्व गर्दै डेढ दर्जन नेपाली पुगेका छन् । समिटमा नेपाल बीमा प्राधिकरण, विभिन्न बीमा कम्पनीहरु, बीमा क्षेत्रका सरोकारवालाहरु र सञ्चारर्कीसहित डेढ दर्जन प्रतिनिधिको सहभागिता रहेको हो ।

नेपाली प्रतिनिधिमण्डल नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनको नेतृत्वमा भारत पुगेको छ । इन्टरनेशनल फाइनान्सियल सर्भिस सेन्टर आईएफएससीए, इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी (आईआरडीएआई) र गुजरात इन्टरनेशनल फाइनान्सियल टेक सिटि (गिफसिटी)को संयुक्त आयोजनामा आजदेखि सुरु भएको समिट जनवरी २२ सम्म चल्नेछ ।

यो समिटमा विश्वभरका ३६ वटा मुलुकभन्दा बढीबाट पुर्नबीमा क्षेत्रसँग सम्बन्धीत कम्पनी र व्यक्तिहरुको सहभागिता छ । समिटले भारतीय पुर्नबीमा क्षेत्रलाई विश्वस्तरीय बनाउन र आन्तरिक कमिकमजोरी केलाउँदै समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।

समिटिमा नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सञ्चालकहरु दिनेशलाल श्रेष्ठ, अनिता रायमाझी लगायतको सहभागिता छ । यस्तै, शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक लगायतको समेत सहभागिता छ । समिटमा प्राधिकरणका उपनिर्देशक महर्जनले एउटा सत्रमा समेत सहभागिता जनाउनेछन् ।