६ अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड बराबरको कारोबार

६ अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड बराबरको कारोबार

‘बैंकिङ्ग समूहमा ० दशमलव २० प्रतिशको गिरावट’


काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ दशलमव ७८ अंकले बढेर २,६०७ को बिन्दुमा बन्द भएको छ ।

आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर भाउ घटेको छ । आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको २४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ०५ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावर र दोल्ती पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानकिर्ताले ५ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज बैंक समूहको ०.२० प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत र माक्रोफाइनान्स समूहको ०.०४ प्रतिशतले घटेको छ ।