काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा (साउन–मङ्सिर) सम्म खुद सेवा आय ४० अर्ब करोड बढीले घाटामा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा खुद सेवा आम्दानी ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फ व्यय ३७ अर्ब ७२ रुपैयाँ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ४७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया