घट्यो वाणिज्य बैंकहरूको नाफा, दोस्रो त्रैमासमा २७ अर्बमा सीमित

'४.६६ प्रतिशतले घट्याे वाणिज्य बैंकहरूकाे नाफा'


काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ काे दोस्रो त्रैमाससम्म नाफा सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा गत वर्षको तुलनामा नौ वाणिज्य बैंकको नाफा घटेको छ भने ११ बैंककाे बढेकाे छ । गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा खुम्चिएको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउने बैंकमा प्रभु बैंक रहेको छ । बैंकको नाफा ८४ प्रतिशतले बढेर एक अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। दोस्रो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा ५७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको ४९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस्तै, समिक्षा अवधिमा एनएमबि बैंकको नाफा ४५ प्रतिशले बढेर २ अर्ब रुपैयाँ पुगको छ । एभरेष्ट बैंक लिमिटेडको नाफा २१ प्रतिशतले बढ्दै २ अर्ब ७ करोड,लक्ष्मी सनराइज बैंकको १० प्रतशितले बढेर १ अर्ब १६ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ७ प्रतिशतले बढेर ९० करोड रुपैयाँ पुगको छ ।

यस्तै, सानिमा बैंककाे ५ प्रतिशतले नाफा बढ्दै १ अर्ब १९ कराेड रूपैयाँ, नबिल बैंककाे १.२५ प्रतिशतले बढेर ३ अर्ब २४ कराेड रूपैयाँ, हिमालय बैंककाे नाफा १ प्रतिशतले बढेर १ अर्ब ५१ कराेड रूपैयाँ पुगकाे छ । यस्तै, माछापुच्छे बैंकको नाफा स्थिर अर्थात् ८० करोड रूपैयाँ रहेको छ । यस्तै, समिक्षा अवधिमा सबैभन्दा धेरैले नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेकाे छ। बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सीमित भएको छ। समिक्षा अवधिमा कुमारी बैंककाे नाफा ६८ प्रतिशतले घट्दै २७ कराेड रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घट्दै, ७६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५३ प्रतिशतले घट्दै ५३ करोड रुपैयाँ, कृषि विकास बैंक २९ प्रतिशतले घटेर ९५ करोड रुपैयाँ, नेपाल बैंक २२ प्रतिशतले घटेर ४६ करोड रुपैयाँमा सीमित भएको छ । यसैगरी सिटिजन्स बैंककाे नाफा १५ प्रतिशतले घटेर ६६ कराेड रुपैयाँ प्राइम कमर्सियल बैंकको नाफा १४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंककाे प्रतिशतले नाफा घटेर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ ।