कुमारी बैंकको नाफामा गिरावट, ब्याज आम्दनी ५ अर्ब ३१ करोड

कुमारी बैंकको नाफामा गिरावट, ब्याज आम्दनी ५ अर्ब ३१ करोड


काठमाडौं – कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै गत वर्षको तुलनामा बैंकको नाफामा गिरावट आएको बताएको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । हाल चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारीको जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।