काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड २० लाख नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलनामा नाफामा वृद्धि भएको बैंकले जनाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबर नाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । हाल बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया