दोहोरो अंकले बढेको बजारमा ६ अर्ब बढीको कारोबार, बैंकिङ्ग समूह ०.१७ प्रतिशतले बढ्याे

दोहोरो अंकले बढेको बजारमा ६ अर्ब बढीको कारोबार, बैंकिङ्ग समूह ०.१७ प्रतिशतले बढ्याे

‘विकास बैंक समूहमा ०.२० प्रतिशत प्रतिशतको वृद्धि’


काठमाडाैं – साताकाे पहिलाे काराेबारकाे दिन आइतबार शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ५८ अंककाे बढ्दै बजार २६ सय १ दशमलव २१ काे बिन्दुमा बन्द भएकाे छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ०९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ७ दशलमव ३७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । साथै, आज बैंकिङ्ग समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।