काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना मंसिरसम्म बैंकहरूले ६ खर्ब बढी मात्र अन्तर बैंक काराेबार गरेका हुन् ।
समिक्षा अवधिमा बैंकहरुको ६ खर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ७८ अर्ब ८१ करोड रूपैयाँ गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ३६ अर्ब ८६ करोड गरी कुल २३ खर्ब १८ अर्ब ५३ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो।
प्रतिक्रिया