गत साता २१ दशमलव ३५ अंकले घटेको शेयर बजार, यो साता के होला ?

गत साता २१ दशमलव ३५ अंकले घटेको शेयर बजार, यो साता के होला ?


काठमाडौं – गत साता शेयर बजार परिसूचक २१ अंकले घटेर बन्द भएको थियो । पछिल्लो समय सरकार ढल्ने लगायतका हल्लाले शेयर बजार परिसूचक नकरात्मक गतिमा छ । यहीको निरन्तरतास्वरुप गत साता पनि शेयर बजार परिसूचक दोहोरो अंकले खुम्चियो ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको थियो । त्यसदिन नेप्से परिसूचक २५ दशमलव ४१ अंकले घटेको थियो । यस्तै, सोमबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले घटेको थियो भने बुधबार बजारमा झिनो अंकको सुधार देखिएको थियो ।

बुधबार १.८३ अंकको सामान्य वृद्धि देखिएको शेयर बजारमा साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको थियो । सो दिन नेप्से परिसूचक ७ दशलमव ३३ अंकले घटेर २५ सय ८८ अंकको बिन्दुमा कायम भएको थियो । गत साता घटेको बजार यो साता कता जान्छ भन्ने अड्कलबाजी लगानीकर्ताहरुमा सुरु भएको छ ।

कुन दिन कति भएकाे थियाे कारोबार ?
आइतबार – ३ अर्ब ९९ करोड रुपैयाँ
सोमबार – ६ अर्ब ६५ करोड रुपैयाँ
बुधबार– ५ अर्ब ८२ करोड रुपैयाँ
बिहीबार – ५ अर्ब ९३ करोड रुपैयाँ