काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा गिरावट आएको थियो । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य त्यसदिन प्रतितोला आठ सय रुपैयाँ घटेको थियो । पहिलो कारोबारको दिन आइतबार घटेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो । आइतबार १ लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भयो।
सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ११ सय रुपैयाँ बढेको थियो । त्यस्तै, बुधबार प्रतितोला एक हजार नौ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भयो । मंगलबार र बुधबार दुई दिन लगातार बढेको सुनको मूल्यमा बिहीबार भने गिरावट देखियो । त्यसदिन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो ।
कुन दिन कति थियो सुनको मूल्य ?
आइतबार – १ लाख ५७ हजार १ सय रुपैयाँ
सोमबार– १ लाख ५७ हजार १ सय रुपैयाँ
मंगलबार– १ लाख ५८ हजार १ सय रुपैयाँ
बुधबार– १ लाख ६० हजार रुपैयाँ
बिहीबार – १ लाख ५९ हजार ६ सय रुपैयाँ
शुक्रबार– १ लाख ६० हजार ६ सय रुपैयाँ
यो साताको आइतबार घट्दा सोमबार सुनको मूल्य स्थिर रह्यो । यो साता समग्रमा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ । गत साता सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया