काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको माघ १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३१ अर्ब निक्षेप संकलन भएको छ। अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ३ अर्बले नै घटेको छ । पुष २९ गते ५९ खर्ब ८८ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ १ गते ५९ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा पनि गिरावट देखिएको छ । पुष २९ गते ५४ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएकोमा माघ १ गते ५४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि घटेको छ । पुष २९ गते ४८ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ १ गते ४७ खर्ब १३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव ४० प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया