नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी


काठमाडौं – नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओमा नियुक्त गरेकाे हाे ।

उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंकको सीईओमा नियुक्त गरेको हो । उनकाे कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए ।

भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् ।