रविलाई ६० लाख धरौटिमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

रविलाई ६० लाख धरौटिमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश


काठमाडौं – जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटिमा छाड्ने आदेश दिएको छ । लामिछानेलाई ६० लाख धरौटिमा छाड्न आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटीमा छाडेको थियो। उनीविरुद्धको पोखरामा सूर्यदर्शन सहकारी बचत हिनामिना गरेको आरोप छ।