काठमाडौं – नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले पुनर्बीमाका लागि सरकारको काम वातावरण बनाउनु रहेको भन्दै वातावरण पनि बनाइदिएको बताए । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को चौथो सत्र नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनतामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उनले सरकार र नियामकको काम भनेको पुनर्बीमाका लागि वातावरण तयार गरिदिने भएको बताएका हुन् । उनले काम भने कम्पनीले नै गर्ने बताए ।
क्यापासिटि हेरेर काम गर्नुपर्ने भन्दै उनले सरकारले पुनर्बीमाका लागि नीति नै बनाएर अघि बढेको बताए । उनले नेपालमा पुनर्बीमाको सुरुवात अन्तर्राष्ट्रिय अभ्यासलाई नै हेरेर भएको बताए । सीईओ थापाले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा जानको लागि पनि एक किसिमको तयारी आवश्यक पर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय बजारमा कम्पनी विस्तारै विस्तार हुँदै गएको बताए । उनले हाल बीमा कम्पनीहरु अभ्यासमा नै रहेको भन्दै सिक्दै जाने क्रममा रहेको बताए । आतकंवाद नेपालमा नभएको भन्दै थापाले भने, ‘अन्य जोखिमहरु छ त्यसैले यस्ता जोखिमहरु बढ्दै जाँदा सोहिअनुरुपको प्राेडक्टको सुरु हुन्छ ।’
प्रतिक्रिया