काठमाडौं – अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालले पुनर्बीमा क्षेत्रलाई सुधार गर्न नीति नै परिवर्तन गर्न पनि सरकार तयार रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को चौथो सत्र नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनतामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले पुनर्बीमा क्षेत्रलाई सुधार गर्न नीति नै परिवर्तन गर्न पनि सरकार तयार रहेको बताएका हुन् ।
पुनर्बीमाले बीमालाई स्ट्याबल गर्न भूमिका निर्वाह गर्ने भन्दै उनले जसको लागि अन्तर्राष्ट्रिय स्तरमा रिक्स शेयरिङ्ग र रिक्स ट्रान्सपर गर्ने गरी नै काम गर्नुपर्छ । उनले देशभित्र मात्रै सीमित हुँदा पछि आउने समस्या समाधानमा चुनौती थपिने बताएका हुन्। ‘बीमा क्षेत्रलाई मात्रै नहेरेर हामीले नीतिगत रूपमा पुनर्बीमा व्यवसाय सत्तचालन गर्ने प्रबन्ध गर्यौँ ।
नेपालको बीमा क्षेत्रलाई मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा बजार बिस्तार गरेर बीमा गराउन सक्छौ भन्ने उद्धेश्यका साथ पुनर्बीमा व्यवसायलाई अघि बढाएको हो’ रिसालले भने, ‘ सरकारले बीमा ऐन नीतिमा नै पुनर्बीमा क्षेत्रलाई सुदृढीकरण गर्ने योजना गरेका छौँ ।’ उनले बीमा क्षेत्रमा पुनर्बीमा क्षेत्रको भविष्य राम्रो रहेको बताए ।
एनले सरकारले पुनर्बीमा कम्पनीलाई सस्टेन बनाउन सरकारले सुविधा प्रदान गरेको भन्दै हाल रहेका नियामकीय व्यवस्थाहरूलाई परिवर्तन गर्दै जानुपर्ने बताए । ‘बीमाको सन्दर्भमा नागरिकमा अवेरनेस जुन लेभलको लिट्रेसी हुनुपर्ने त्यसमा कम छ त्यसलाई हामीले सुधार गरेर जानुपर्छ ।’ उनले बीमाको बजारमा सुधार ल्याउन बजारको कन्फिडेन्स र विश्वास बढाउनुपर्ने बताउँछन् । उनले बीमा प्राधिकरणलाई दावाव नदिएको भन्दै बीमा क्षेत्रलाई राम्रो बनाउन अनुरोध मात्रै गर्दै आएको बताए । उनले बीमा प्राधिकरणलाई राम्रो प्रडक्ट निकाल्न सहयोग गर्दै आएको बताए ।
प्रतिक्रिया