काठमाडौं – नेपाल राष्ट्र बैंकले टक्सार महाशाखाको लागि ६ थान डेस्कटप कम्प्युटर खरिद गर्ने भएको छ । केन्द्रीय बैंकको टक्सार महाशाखाले बुधबार एक सूचना जारी गर्दे सो कम्प्युटर खरिदका लागि न्यु क्रियसन सप्लायर्स काठमाडौंलाई छनौट गरिएको जानकारी दिएको छ ।
केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (५) बमोजिम स्वीकृत भएको हुँदा नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौं संशोधन समेत) को विनियम ८७ को उपविनियम (१२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
कम्पनीले सो कम्प्युटर खरिदका लागि मूल्यअभिवृद्धि करसहित ७ लाख ९१ हजार ९ सय ४ रुपैयाँ प्रस्ताव गरेकोमा स्वीकृत गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया