काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा बैंकिङ्ग समूह भने राताम्मे बनेको छ । आज नेप्से परिसूचक १ अंकको झिनो अन्तरले बढेको छ । यसक्रममा बैंकिङ्ग समूहमा भने ११.०८ अंकको गिरावट आएको हो ।
यो समूहमा आज कारोबार सुरु भएदेखि नै गिरावट सुरु भयो । समग्रमा ०.८१ प्रतिशतको गिरावट आउँदै बैंकिङ्ग समूहको सूचक १३५६ अंकमा पुगेर रोकिएको छ । आज १७ वटा बैंकको शेयर मूल्य घट्यो भने एक कम्पनीको मूल्य बढ्दा एउटाको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आज एनआईसी एसिया बैंकको शेयर मूल्यबाहेक अन्य कुनैपनि बैंकको शेयर मूल्यमा वृद्धि देखिएन । यस्तै नबिल बैंकको शेयर मूल्यमा कुनै फेरबदल भएन । आज सबैभन्दा बढी कृषि विकास बैंकको शेयर मूल्यमा २ प्रतिशतको गिरावट आएको छ ।
वाणिज्य बैंकहरुको लाभांश क्षमता खस्किँदै जाँदा लगानीकर्ताको रुचीमा बैंकहरुको शेयर पर्न छाडेको देखिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुको लाभांश क्षमता निरन्तर खुम्चिँदै छ । दोहोरो अंकको लाभांश दिन सक्ने क्षमताका बैंक सिमित बन्दैछन् भने धेरै बैंक लाभांश नै दिन नसक्ने स्थितीमा पुगेका छन् ।
प्रतिक्रिया