टेक्नो फ्यान्टम भी फोल्ड २ फाईभजी नेपालमा सार्वजनिक

टेक्नो फ्यान्टम भी फोल्ड २ फाईभजी नेपालमा सार्वजनिक


काठमाडौं – ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले टेक्नो फ्यान्टम भी फोल्ड २ फाईभजी नेपाली बजारमा सार्वजनिक भएको छ । फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूको आकर्षणमा पर्ने कमपनीको अपेक्षा छ ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ । यसको मुख्य विशेषता दुईवटा स्क्रिन हो । जसले, उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँने बताइएको छ ।

खोलिएको अवस्थामा ७.८५ इन्चको २ के प्लस अमोल्ड स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ । यस्तै, फोल्ड भएपछि ६.४२ इन्चको स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।