एनआईसी एसियाका शेयरधनीको हात रित्तै, लाभांश वितरण नगर्ने

एनआईसी एसियाका शेयरधनीको हात रित्तै, लाभांश वितरण नगर्ने


काठमाडौं – एनआईसी एसिया बैंक (निका)ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको ६९४औं सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताको हात खाली राख्ने निर्णय गरेको हो ।

कोरोना महामारीयता नेपालको अर्थतन्त्रमा सुरु भएको शिथिलताले बैंकहरु समस्यामा छन् । वाणिज्य बैंकहरु समेत यसैको सिकार भइरहेका छन् । ऋणीले ऋण नतिर्दा र उठेको धितो लिलामी नहुँदा बैंकहरुको खराब कर्जाको सूची र गैह्र बैंकिङ्ग सम्पत्ती समेत बढ्दो स्थितीमा छ ।

यहीकारण, एनआईसीले यो वर्ष आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको पछिल्लो सञ्चालक समितिको बैठकबाट नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण पारितका लागि पठाएको छ ।