काठमाडौं – शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे आफ्नो खर्चबाट बीमालाई छुट्याउने बानीको विकास गर्न आवश्यक रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरूपणका उपायहरू सत्रमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै सरकारले बीमा क्षेत्रका लागि विभिन्न किसिमका पोलिसीहरु लिनुपर्ने उनको बुझाइ छ।
सरकारले बीमालाई बेवास्ता गरेको बताउँछन् । सरकारी परियोजनाको पनि कुनै बीमा नभएको उनले बताए । बीमालाई औपचारिकता नभनी आवश्यकता भन्नुपर्नेमा उनले जोड दिए । बीमालाई आवश्यकता बनाइयो भने दाबी तिर्ने उनले बताए । उनले बीमा क्षेत्रमा विभिन्न तत्त्वहरू रहेको भन्दै त्यसले बीमा क्षेत्रमा नै सहयोग गरेको छ ।
‘आजको दिनमा कर्णालीमा जाने हो भने मैले ६ वर्ष अगाडी २ लाखमा बीमा गरेको थिए । तर, अहिले ३० करोडको बीमा गरे त्यहाँका मानिसले हाल बीमा बुझेका छन् । बीमा बढेको छ ।’ उनले भने । उनले अध्ययन गरेर बीमा गर्दा सहज हुने बताए ।
प्रतिक्रिया