प्रविधिलाई बीमा बजारले आत्मसात् गर्दै जानुपर्छ : अध्यक्ष क्षेत्री

प्रविधिलाई बीमा बजारले आत्मसात् गर्दै जानुपर्छ : अध्यक्ष क्षेत्री


काठमाडौं – निर्जीवन बीमक सघंका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले बीमा क्षेत्रमा आएका प्रविधिलाई बजारले आत्मसात् गर्दै जानुपर्ने बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरूपणका उपायहरू सत्रमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले दैनिक गर्ने खर्चबाट बीमालाई पनि रकम छुट्टाउने बानी बसाल्न आवश्यक रहेको बताएका हुन् ।

उनले बीमा सामान्य आवश्यकता भएको भन्दै यसलाई नबुझेको बताए । उनले बीमा कम्पनीले दावी भुक्तानी गर्दा पनि त्यसको प्रचार गर्न नसकेको बताए । उनले देशको विकाससँगै बीमाको महत्त्व बढ्ने भन्दै बीमा बुझाउन सचेतना जगाउनुपर्ने आवश्यकता हाल रहेको बताए । उनले बीमा सचेतना जगाउन आफूहरू लागिरहेको बताए ।

उनले क्लेमकमा विषयमा धेरै कुरा आइरहेको भन्दै क्षेत्रीले भने, ‘हामीले क्लेम तिर्छौ तर हाम्रो भोकल नपुगेको कि के हो हामीले लास्ट वर्षको डेटा हेर्दा ४१ अर्बकाे विजनेश गर्दा २८ अर्बको क्लेम तिर्‍यौ ।’ उनले बीमा कम्पनीले गरेको कामलाई सरकारी निकायले महत्त्व नबुझेको बताए । उनले सोच परिवर्तन पनि आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

उनले पहिले पहिले कृषि बीमामा मल जलको मात्रै प्रिमियम भुक्तानी गर्ने गरेको बताए । ‘हामी कृषि बीमाको कुरा गर्दा गाई फार्मको कुरा गर्छौँ । हाल भारततिर के छ भने धेरै तापक्रम भएपछि गाईले दिने जति दूध छ त्यो कम हुन्छ त्यो समयका केही रकम बढी लिएर तापक्रम कम हुने बित्तिकै कम हुने आइरहेको छ हामीले पनि त्यता सोचिरहेका छौँ ।’ उनले भने ।