जीवन बीमा क्षेत्रमा अभिकर्ताहरूको भूमिका अहम् हुन्छ : निर्देशक पूजन ढुगेंल

जीवन बीमा क्षेत्रमा अभिकर्ताहरूको भूमिका अहम् हुन्छ : निर्देशक पूजन ढुगेंल


काठमाडौं – नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुगेंल अधिकारीले जीवन बीमा क्षेत्रमा ग्राहकलाई बीमा गर्न मनाउनु आफैमा चुनौती रहेको बताएकी छिन् । उनले जीवन बीमा क्षेत्रमा अभिकर्ताहरूको ठुलो भूमिका रहेको पनि बताइन् । दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले अभिकर्ताहरूले बीमाको दायरा बढाउनको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताएकी हुन् । ‘यसमा बीमा कम्पनीहरूले पनि ग्राहकहरूसँग समन्वय बढाउने कोसिस गरिरहेका छन् । ’ उनले भनिन् ।

‘जीवन बीमा क्षेत्रमा दुई किसिमको माध्यम हुन्छन् । जुन प्रत्यक्ष र अप्रत्यक्ष हुन् । अभिकर्ताहरूले ग्राहकसँग गर्ने कुराकानी वा बीमाको लागि आग्रह गर्ने काम अप्रत्यक्ष माध्यम हो । कहीँ कतै कमजोरी देखिएतापनि बीमा कम्पनीहरूले यसलाई सुधार्दै गएका छन्’ उनले भनिन् । बीमा कम्पनीहरूले प्रत्यक्ष गएर सचेतना कार्यक्रम गर्ने , वेबसाइट बुझिने तरिकाले राख्ने जस्ता काम गरिरहेको र यस्तो कार्यक्रमहरूले पनि बीमाको सचेतना बढाउन सहयोग पुग्ने धारणा छ ।

विशेषतः बीमाको सचेतना सानो उमेरबाट बुझाउन आवश्यक रहेको पनि उनले भनिन् । पछिल्लो समय बीमाको दायरा घटेको कुरामा उनले यो पर्याप्त नभएर यसलाई कसरी बढाउने भन्ने कुरामा सबै निकाय रहेको ढुंगेलले बताइन् । ‘बीमा क्षेत्रमा मिससेलिङ्ग र बीमाको सचेतना नभएको कारणले बीमाको दायरा नबढेको हो । यसमा बीमा कम्पनीहरूले मनन गरेर नयाँ-नयाँ प्रणालीबाट बीमाको दायरा बढाउन पहल गर्नुपर्छ ।’

‘यसमा मिल्दोजुल्दो पेन्सन वर्गमा गर्ने योजना बनाइरहेका छौँ।’ यो योजना ६५ वर्ष माथिकोलाई हुन् सक्ने उनले बताइन् ।‘ भावी दिनमा बीमा क्षेत्रमा सुधार ल्याउनको लागि केही मुख्य कुरामा काम गर्न आवश्यक रहेको उनले औँल्याइन् । ’ समयमा दावी दिने, नयाँ-नयाँ प्रोडक्टहरु ल्याउने ,सचेतना कार्यक्रमहरू आयोजना गरियो भने आगामी दिनमा बीमा क्षेत्रमा सुधार देख्न सकिन्छ ।’ उनले बताइन् ।