काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ८६० रुपैयाँमा किनबेच भएको थियो।



About Us
प्रतिक्रिया