दाेस्राे दिनपनि घट्याे शेयर बजार, १५ अंकले परिसूचक घट्दा ६ अर्बकाे काराेबार

दाेस्राे दिनपनि घट्याे शेयर बजार, १५ अंकले परिसूचक घट्दा ६ अर्बकाे काराेबार

'बैकिङ्ग समूह ०.३५ प्रतिशतले घट्याे'


काठमाडाैं – साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । आज परिसूचक १५ दशमलव ५४ अंकले घट्दै २५ सय ९४ दशमलव १३ काे बिन्दुमा बजार बन्द भएकाे छ ।

आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोको २८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ८ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।

सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ्ग समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.५८ प्रतिशत, फाइनान्स समूहको १.३२ प्रतिशतले शेयर मूल्य घटेको छ । फाइनान्सको शेयर मूल्य ह्वातै बढ्ने र घट्ने हुन्छ । फाइनान्समा आज लगानीकर्ता डुबेका छन् ।