डिस्काेर्शले बीमा क्षेत्रको लागि कोसेढुङ्गाको काम गर्नेछ : अध्यक्ष मदन दाहाल

डिस्काेर्शले बीमा क्षेत्रको लागि कोसेढुङ्गाको काम गर्नेछ : अध्यक्ष मदन दाहाल


काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमाको विगत लामो भएतापनि बीमा क्षेत्र हाल बामे सर्दै गरेको बताएका छन् ।  बैंकिङ्ग समाचारको आयोजनामा भएको दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उल्लेख गरेका हुन् । आफ्नो अनुभव सुनाउँदै उनले नियामक बीमा प्राधिकरण पनि बामे सर्दे गरेको बताए ।

बीमा क्षेत्रमा प्रिमियम बढी भयो दाबी ढिलाइ भयो भन्ने कुराले एकदमै नराम्रो हल्ला फैलिएको छ । डिस्कोर्शबाट यस्तो समस्यामा सबै सम्बन्धित निकायको ध्यान जाने अपेक्षा रहेको उनले बताए । ‘जीवन बीमामा सरेण्डर र निर्जिवन बीमामा दाबी रकममा भएको समस्याले नराम्रो समस्या पैदा गरेको छ । यसको समाधानको लागि बीमा क्षेत्रसँग जोडिएका सबै निकायको कर्तव्य हो । यसको समाधान निकाल्नु पर्छ ।’ उनले भने ।

बीमा प्राधिकरण भनेको नियामक निकाय मात्र होइन नेपाल सरकारको लागि बीमा सम्बन्धी नीतिको सरकारको सल्लाहकार पनि रहेको उनको भनाई छ । ‘गतिविधिको पहुँच पुगिसकेको ठाउँमा बीमाको पहुँच पुर्‍याउन अझै बाँकी छ’ यसमा सबै क्षेत्रमा कसरी बीमा पुर्‍याउन सकिन्छ भनेर सबै बीमकहरु सबल हुन् आवश्यक रहेको उनले बताए ।

बीमा क्षेत्रमा सुधार ल्याउनको लागि कल सेन्टर राखेर हुन्छ कि, गाउँ गाउँमा स्वयम हामी गएर हुन्छ बीमाको सचेतना पुर्याउन बीमा प्राधिकरण लागि परिरहेको छ । यस्तो डिस्काेर्शले बीमा प्राधिकरण र सरकारलाई मात्र प्रश्न उठाउनुको सट्टा बीमकले निभाउनु पर्ने कर्तव्य पनि निभाउने छ भन्ने आशा राखिएको उनले बताए । सबै जनाले सुधार्नुपर्ने काम आए पछि अर्थ मन्त्रालयबाट गर्नुपर्ने पहलमा आफूले सहयोग गर्ने अध्यक्ष दाहालले बताए ।