केन्द्रीय बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजत रद्द

केन्द्रीय बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजत रद्द


काठमाडौं – नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर वीरगञ्ज प्रालिको इजाजतपत्र रद्द गरिदिएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै कम्पनीकाे इजाजत पत्र रद्द गरिएकाे जानकारी दिएकाे हाे ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौंथो संशोधनसहितको विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाबमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न/ नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकको वीरगञ्ज कार्यालयबाट भारतीय रूपैयाँ खरिद– बिक्री गर्नका लागि उक्त कम्पनीलाई इजाजतपत्र प्रदान गरेको जनाइएको छ ।