काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ६ खर्ब बढी विप्रेषण (रेमिट्यान्स ) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तिय अवस्थाको विवरणमा आधारित तथ्यांकअनुसार मंसिरसम्म ४० अर्ब ४३ रुपैयाँ करोड बराबरको रेमिट्यान्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) छ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ खर्ब ६९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो ।
प्रतिक्रिया